२७ बैशाख २०७७ काठमाडौं । देशभर कोरोना परीक्षणको संख्या ७२ हजार नाघेको बताएको छ । र्यापिड डाइग्नोस्टिक टेस्ट विधिमार्फत ५५ हजार ९ सय ३० वटा र पिसिआर विधिमार्फत १६ हजार ३ सय ९ वटा गरी कुल ७२ हजार २ सय ३९ वटा परीक्षण गरिएको हो ।
पछिल्लो २४ घण्टामा मात्र १ हजार ७ सय ४२ वटा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका सातै प्रदेशमा आरडिटी विधिद्वारा भएका परीक्षणको रिपोर्टको प्रादेशिक विवरण अनुसार प्रदेश नम्बर १ मा ७ हजार ५५ वटा प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० वटा बाग्मती प्रदेशमा ९ हजार १ सय ५ वटा गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ वटा प्रदेश नम्बर ५ मा ६ हजार ६ सय ३८ वटा कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ वटा कोरोना परिक्षण भएको छ ।
भिडियो हेर्न तल थिच्नुहोस्…
https://www.facebook.com/Kailashkhabarnews/videos/230922964994265/
त्यस्तै सुदूरपश्चिम प्रदेशमा १४ हजार ६ सय ९१ वटा परिक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले आज दिएको अपडेटअनुसार देशभर क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ५ सय ९२ जना रहेको छ ।
त्यसमध्य सबैभन्दा कम बागमती प्रदेशमा २ सय ५४ जना र गण्डकी प्रदेशमा ४ सय ६३ जना रहेका छन् । त्यसपछि प्रदेश नम्बर २ मा १ हजार ३ सय ५५ जना, प्रदेश नम्बर १ मा १ हजार ४ सय ८६ जना, कर्णाली प्रदेशमा २ हजार ४ सय ५५ जना, प्रदेश नम्बर ५ मा ५ हजार २ सय २८ जना र सुदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ५१ जना रहेका छन् ।