भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

कर्मचारी सरुवा, पदस्थापन तथा राजनीतिक नियुक्ति गर्न नपाउने

कर्मचारी सरुवा, पदस्थापन तथा राजनीतिक नियुक्ति गर्न नपाउने

काठमाडौं । आजदेखि सरकारले कर्मचारी सरुवा, पदस्थापनदेखि राजनीतिक नियुक्तिसम्मका निर्णय गर्न नपाउने  भएको छ ।

४ मंसिरको चुनाव प्रभावित नहोस् भन्नका लागि निर्वाचन आयोगले २० भदौसम्मको समयसीमा तोकेको थियो । चुनाव सुरु हुनुभन्दा साढे दुई महिना पहिलादेखि आयोगले सरकारी निर्णयमा अंकुश लगाएको हो ।

सत्तामा रहेर चुनाव प्रभावित पार्ने चलखेल हुने भन्दै कर्मचारी सरुवा तथा राजनीतिक नियुक्तिमात्र होइन, चुनाव केन्द्रीत शिलान्याश र उद्घाटनमा समेत रोक लगाएको छ ।

सरकारलाई २० भदौभित्र कर्मचारी सरुवा तथा नियुक्तिको निर्णय सक्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

सरकारले अनुकूलको सीडीओ, जिल्ला प्रहरी प्रमुख लगायतका सरुवा गर्दा चुनाव प्रभावित हुनसक्ने आंशका गरिन्छ । सोही कारण अंकुश लगाउने प्रयास गरिन्छ ।

सरकारले चुनावी प्रयोजनका लागि अतिआवश्यक परेमा वा चुनावलाई कुनै प्रभाव नपार्ने भएमा आयोगको सहमतिमा कर्मचारी सरुवा र राजनीतिक नियुक्ति भने गर्न सक्ने छ । आजदेखि मन्त्रिपरिषद्ले चुनाव प्रभाव पार्ने गरी कुनै निर्णय गरे त्यसमा आयोगले प्रश्न गर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.