काठमाडौं । नेपाली लोक कलाकार प्रकाश सपुत पुनः प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएका छन् । बैंकले ख्यातीप्राप्त कलाकार सपुतलाई एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको बताएको हो ।
बैंकको केन्द्रीय कार्यालय बबरमहलस्थित आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सपुतलाई ब्राण्ड एम्बासडर नियुक्ती गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

