भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

शनिबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १–० गोल अन्तरले पराजित गर्दा सिटीले वाट्फोर्डलाई ३–१ गोल अन्तरले हराएको हो ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले १५ खेलमा ३५ अंक जोड्न सफल भएको छ भने लिभरपुल पनि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

लिभरपुलले १५ खेलमा ३४ अंक जोडेको छ । वाट्फोर्ड १३ अंक जोडेर १७ औं स्थानमा रहँदा उल्भ्स २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै भएका अन्य दुई खेलमा न्युकासलले बर्नलीलाई १–० ले हराउँदा साउथह्याम्पटनले ब्राइटनसँग ११ गोलको बराबरी खेलको छ ।

 


Thali Mobile Pvt.Ltd.