२४ असार २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किएका बेला कोरोनाको कुनै प्रवाह नगरी प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सडकमा प्रदर्शन भएको छ । उपत्यकामा मात्रै होइन देर्श भर युवालाई ओलीको फोटो सहित प्रदर्शन गर्न कस्ले उच्काई रहेको छ ?
राष्ट्रिय झण्डा र प्रधानमन्त्री ओलीको तस्वीर भएको ब्यानर उचालेर ‘भारतीय दलाल होसियार’ भन्दै प्रचण्डपक्षका विरुद्ध नाराजुलुश मन्चन गरिएको छ । भारतीय भक्तको रुपमा प्रचण्डलाई देखाउन खोजिएको छ । यसमा प्रचण्ड पक्ष पनि मौन बसिदिनाले जनतामा कतै प्रचण्ड भारतीय एजेण्ट त होइन ? भन्ने आशंका उठ्न थालेको छ ।
प्रदर्शन के का लागि ?
झण्डै दुई तिहाई बहुमत भएको नेकपा भित्र पद हानाथापको विवादले जनताले सास्ती भोग्न परिरहेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षको पदबाट राजीनामा दिन पार्टी भित्र दबाब कायमै छ भने प्रधानमन्त्री र अध्यक्ष पद नछाड्न भन्दै ओलीको समर्थनमा दिनदिनै सडकमा प्रदर्शन भइरहनुले के संकेत गरिरहेको छ ?
पदहानाथापले नेकपाको जारी स्थायी कमिटी बैठक सारेको सार्यै गरेर बहस गरिएको छ तर समाधानमा पुग्न सकेको छैन । नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफू हटाउन खोजेको र त्यसमा नेपालकै नेताहरु समेत लागेको ओलीले बताईरहेका छन् भने भारतलाई हसाउने खेल नेपाल भित्रै खेलिएको देख्दा जनता रुष्ट हुदै गएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमसहित ओली विरुद्ध लाग्नुले के संकेत गरिरहेको छ ?
