भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको काँग्रेस नेताले बताएका छन् । अघिल्लो वर्ष साउन २७ गतेदेखि सुरु भएको बैठक एकवर्षपछि आज सुरु हुन लागेको हो ।

बैठकमा निर्णयहरू अनुमोदन गराउनेदेखि भ्रातृ संगठन सबन्धी निर्णय र विस्तारका बारेमा पुनर्विचार गरिने बताइएको छ । विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई–दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो ।

पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार आज बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर एजेन्डालाई अन्तिम रूप दिदैछन् । गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने एक नेताले बताए ।

यसैगरी, महाधिवेसन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ । साथै, संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल हुने देउवा पक्षका नेताहरुको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.