भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

कागेश्वरी मनोहरामा कांग्रेसका कार्कीको अग्रता

कागेश्वरी मनोहरामा कांग्रेसका कार्कीको अग्रता

काठमाडौँ, । कागेश्वरी मनोहरा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उपेन्द्र कार्कीले अग्रता लिनुभएको छ । पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार कार्कीले तीन हजार ५५१ मत पाउनुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा एमालेका रामशरण ढुङ्गानाले तीन हजार १०७ मत ल्याउनुभएको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिनुभयो । नगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णहरि थापाले एक हजार ३१ मत पाउनुभएको छ । थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख निर्वाचित हुनुभएको थियो । नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का राजु फुयाँलले २६८ मत पाउनुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले तीन हजार ९२५ मतका साथ अग्रता कायम गर्नुभएको छ । उहाँलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रका भोला चापागाईले एक हजार ७८८ मत पाउनुभएको छ । समाजवादीका सरस्वती नेपालले ५१९ मतका साथ पछ्याइरहनुभएको छ । नगर उपप्रमुख राप्रपाका उम्मेद्वारले ४३५ मत पाउनुभएको छ ।

वडा नं ९ मा कांग्रेसका अनिल थापा विजयी

नगरपालिकाको ९ नं। वडामा कांग्रेसका अनिल थापा वडाध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँले एक हजार ५०२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले एक हजार ४४१ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । वडा नं १ मा भने यसअघि नै एमालेका मुकुन्द गजुरेल निर्वाचित भइसक्नुभएको छ । उहाँले एक हजार ७०७ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मण खड्काले एक हजार ४३७ मत पाउनुभएको निर्वाचन कार्यालय जनाएको छ । अहिले नगरपालिकाको वडा नं २ र ८ को मतगणना भइरहेको छ ।

नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । कांग्रेसले तीन वटा वडामा जितेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.