भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू भक्तपुर नगरपालिकामा

काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू भक्तपुर नगरपालिकामा

भक्तपुर । काठमाडौं उपत्यकाभित्रका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू भक्तपुर नगरपालिकाको असल अभ्यासबारे जानकारी लिन भक्तपुर आएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गरी नगरपालिकाको काम गर्ने शैली र अनुभवबारे विचार आदानप्रदान गर्न काठमाडौं उपत्यकाभित्रका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू भक्तपुर नगरपालिकामा आएका हुन ।काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू भक्तपुर नगरपालिकामा

काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूसंगको बैठकमा नगर प्रमुख प्रजापतिले नेपालमा विकेन्द्रीकरण र स्वायत्तताको राम्रो कार्यान्वयन भएमा संघीयता आवश्यक नभएको नेपाल मजदुर किसान पार्टीका विचार र व्यवहारले सही सावित गर्दैछ आएको बताए । तीनै तहका सरकार संविधान र कानुनअनुसार स्वायत्त र स्वतन्त्र भएको बताउँदै उनले सरकारले सामानीकरण बजेट बढाउनुपर्नेमा सशर्त बजेट बढाउँदै गएको र स्थानीय तहलाई संघ र प्रदेशले नियन्त्रणमा राख्न खोज्नु गलत भएको बताए ।काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू भक्तपुर नगरपालिकामा

प्रमुख प्रजापतिले संघीयता कार्यान्वयन पछि जिल्लास्तरीय कार्यालयहरू शिक्षा, विद्युत, सिंचाइ, जलस्रोत, वन, सञ्चार, उद्योग, कृषिलगायतका क्षेत्र स्थानीय तहअन्तर्गत आउनुपर्ने बताउँदै वर्षको अन्तिम समयमा मात्रै बजेट आउने कारण स्थानीय तहको पुँजीगत खर्च कम भएको तर्क गरे । उनले भने, ‘शिक्षकलाई तलब खुवाउने काम स्थानीय तहबाट हुँदै आए पनि त्यसको नियन्त्रण संघअन्तर्गत हुनु न्यायोचित नभएको र तलब जसले खुवाउने सिद्धान्ततः त्यसमाथि नियन्त्रण पनि उसैको हुनुपर्छ ।”काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू भक्तपुर नगरपालिकामा

प्रदेशले कानुन नबनाउँदा प्रदेश कानुनबमोजिम हुनुपर्ने धेरै कुराहरूमा समस्या उत्पन्न भइरहेको बताउँदै उनले संघीयता लागू भएको ७ वर्षमा पनि सरकारले संघीयताको मर्मअनुसार काम गर्न नसकेको बताए । बैठकमा उपस्थित प्रप्रअहरुद्वारा व्यक्त जिज्ञासामाथि प्रष्ट पार्दै प्रमुख प्रजापतिले स्थानीय जनताले सम्पदाको ऐतिहासिक र सांस्कृतिक महत्व बुझ्ने हुँदा सम्पदा पुनःनिर्माणमा उपभोक्ता मोडललाई विशेष जोड दिंदै आएको बताए ।काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू भक्तपुर नगरपालिकामा

बैठकमा काठमाडौं महानपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले स्थानीय तहलाई अझ पनि संघ सरकारले आफ्नो एकाइको रुपमा हेर्ने प्रवृत्ति कायम रहेको, स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरूबीचको समन्वय र सहकार्यले मात्र असल अभ्यास कार्यान्वयन सम्भव भएको, संघीय निजामति ऐन नबनेकोले कर्मचारीहरूको कार्यसम्पादनमा समस्या निम्तिएको बताउँदै कडा रोग लागेका बिरामीहरूको औषधी उपचार खर्च व्यवस्थापन र सामुदायिक कुकुर व्यवस्थापनमा भक्तपुर नपाको प्रयासबारे बुझ्न चाहेको कुरा बताए ।काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू भक्तपुर नगरपालिकामा

टोखा नगरपालिकाका प्रप्रअ शेरबहादुर बिसीले भक्तपुर नपाको कार्यशैली पृथक रहेको र सुशासन क्षेत्रमा नपाले नेतृत्वदायी भूमिका खेलेको बताउँदै भक्तपुरका घरहरूको मौलिक स्वरुप जगेर्ना गर्न भक्तपुर नपाको पहलकदमी स्वागतयोग्य भएको बताए । उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए मात्र व्यवस्थित ढंगले काम गर्न सजिलो हुने तर्क गरे । कागेश्वरी मनोहरा नपाका प्रप्रअ अजय बर्तौलाले भक्तपुर नपाबाट सञ्चालित कलेज तथा अस्पतालको बजेट, शुल्क निर्धारण, सेवा प्रवाह आदिको व्यवस्थापन र आत्मनिर्भरताबारे आफ्नो जिज्ञासा राखेका थिए ।काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू भक्तपुर नगरपालिकामा

त्यस्तै शंखरापुर नपाका प्रप्रअ बासुदेव खनालले भक्तपुर नपाले सबै क्षेत्रमा आत्मनिर्भर भई काम गर्दै आएको विषय आफैमा अनुकरणीय भएको बताए । किर्तिपुर नपाका प्रप्रअ लक्ष्मीप्रसाद बास्कोटाले भक्तपुर नगरको मुख्य क्षेत्रमा मौलिक शैलीमा घर बनाउने घरधनीहरूलाई अनुदानको व्यवस्थाबारे जिज्ञासा राख्दै किर्तिपुर नपाले अघिल्लो कार्यकालमा विद्यार्थीहरूलाई वितरण गरेको शैक्षिक ऋणको रकम विद्यार्थीबाट असुल गर्न समस्या भइरहेको बताए ।

त्यस्तै नागार्जुन नपाका प्रप्रअ सुमन अधिकारीले भक्तपुरको आन्तरिक राजस्व संकलनको मुख्य स्रोतबारे जिज्ञासा राख्दै नपामा कार्यरत कर्मचारीहरूलाई कसरी उत्प्रेरित गर्दैछ भन्ने जिज्ञासा व्यक्त गरे । उनले बहाल कर संकलनमा भक्तपुर नपाको प्रयासबारे पनि आफ्नो जिज्ञासा राखेका थिए । दक्षिणकाली नपाका प्रप्रअ भोलाप्रसाद चापागाइँले भक्तपुरमा उपभोक्ता मोडल कसरी सम्भव भयो र आवास योजना सञ्चालनको मोडालिटीबारे जिज्ञासा राखेका थिए । चन्द्रागिरी नपाका प्रप्रअ जीवनप्रसाद आचार्यले सम्पदा पुनःनिर्माण र विकास निर्माणमा उपभोक्ता मोडलबारे जिज्ञासा राख्दै भक्तपुरको सुशासनको व्यवस्थाबारे जिज्ञासा राखेका थिए ।काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू भक्तपुर नगरपालिकामा

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले धन्यवादज्ञापन गदै भक्तपुर नपाले नेमकिपाका अध्यक्ष का. रोहितले परिकल्पना गर्नुभएको ‘१०० वर्षपछिको भक्तपुर’ लाई मार्गदर्शनको रुपमा लिँदै काम गर्दै आएको बताइन । भक्तपुर नपाको आजको सफलता नेमकिपाका अग्रज कार्यकर्ता, भक्तपुरबासी जनता, जनप्रतिनिधिको इमानदारिता र कर्मचारीहरूको सहयोगी भावनाले सम्भव भएको बताउँदै भक्तपुर नपाले समाजवादउन्मुख गतिविधिलाई अगाडि बढाउँदै आएको बताइन ।

भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले भक्तपुर नगरपालिकाले गर्दै आएको शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाईलगायतका असल अभ्याससम्बन्धी प्रस्तुतीकरण देखाएका थिए । उक्त कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले आफ्नो विचार राखेका थिए भने उपस्थित प्रमुख प्रशासकीय अधिकृतहरूलाई भनपाका प्रकाशनहरू उपहार स्वरुप प्रदान गरिएको थियो । नगर प्रमुख प्रजापतिले प्रमुख प्रशसकीय अधिकृतहरूको टोलीलाई भादगउँले टोपी र खादाले स्वागत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.