भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कार दुर्घटना परी घाईते भएका सीपी मैनालीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

कार दुर्घटना परी घाईते भएका सीपी मैनालीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

महोत्तरीं । जीप दुर्घटनामा परी गम्भीर घाइते भएका नेकपा (माले) का महासचिव सीपी मैनालीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइदै छ ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा उनी चढेको बा ४ च २१२० नम्बरको कारलाई अर्को दिशाबाट आएको ना ४ ख ७६६८ पिकअप भ्यानले ठक्कर दिएको थियो । बर्दिवास नगरपालिका–३ चिसापानीमा भएको सो दुर्घटनामा महासचिव मैनाली घाइते भएका थिए ।

दुर्घटनामा मैनालीसहित पाँच जना घाइते भएको र घाइतेमध्ये मैनालीको अवस्था गम्भीर रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।

मैनालीको टाउको, निधार र छातीमा चोट लागेको देखिएको छ । खुट्टा फ्याक्चर भएको भन्दै उनले महासचिव मैनालीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको जानकारी दिए । गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टर तयारी भएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.