भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कालीकोटमा माओवादी र एमालेबीच तालमेल

कालीकोटमा माओवादी र एमालेबीच तालमेल

कालीकोट । ९ वटा पालिकामध्ये अधिकांश पालिकाहरूमा गठबन्धनका दलहरुबीच अलग अलग उम्मेदवारी दर्ता भएको छ ।

नेकपा माओवादी केन्द्रका कालीबहादुर महतारा र हजार सुनारले रास्कोट नगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएका छन् ।

रास्कोटमा गठबन्धनका तर्फबाट माओवादीका मेयरमा धर्मराज शाही र उपमेयरमा एकीकृत समाजवादीका मनिराज बरालले उम्मेदवारी दिएका छन् ।

गठबन्धन दल कांग्रेसबाट नवराज बरालले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिका पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।

महावै गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एमालेबीच गठबन्धन गरिएको छ । अध्यक्षमा माओवादी केन्द्रबाट खेमबहादुर सिंह (भिजन) र एमालेबाट उपाध्यक्षमा दानसिंह सेजुवालले साझा उम्मेदवारी दिएका छन् । माओवादी बलियो रहेको महावैमा एमालेवीच तालमेल भएको छ ।

 


Thali Mobile Pvt.Ltd.