भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

कालोबजारी गरेको भेटिए हदै सम्मकाे कारबाही गर्ने अध्यक्ष श्रेष्ठको चेतावनी

कालोबजारी गरेको भेटिए हदै सम्मकाे कारबाही गर्ने अध्यक्ष श्रेष्ठको चेतावनी

८ बैशाख २०७७ काठमाडाैं । विश्वमा माहामारी फैलिरहेको र नागरिक संकटको घडीबाट गुज्रीरहेका वेला यही मौका छोपी कालोजारी गर्ने जो कोहीलाई कडा भन्दा कडा कारबाही गरिनु पर्ने उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष प्रदिप श्रेष्ठले बताएका छन् ।

कालोबजारी गर्नेलाई कारबाही गर्न उद्योग बाणिज्य संघ भक्तपुरका तर्फबाट आफुले सहयोग गर्ने भन्दै उनले भक्तपुरका विभिन्न अस्पतालहरुमा संघले मास्क वितरण गरेको बताए । उनले जनताको जीउधनको सुरक्षागर्ने सुरक्षाकर्मीहरुलाई समेत मास्क वितरण गरेको जानकारी दिए । भक्तपुरमा कुनै पनि सामानको अभाव हुन नदिन उद्योग बाणिज्य संघ भक्तपुरले सरोकारवाला निकायसंग छलफल गरिरहेको र विभिन्न स्थानीय तहमा समिति समेत निर्माण गरि कार्य सम्पादन भइरहेको बताए ।

भक्तपुरमा अहिले सामानको मूल्य किन बढेको हो ? भन्ने कैलाश खबरको प्रश्नमा उनले भने, ‘महामारीको बेला कालोबजारी गर्नु झन् गलत हो । अहिलेको अवस्थामा पसल खोल्नु नै ठूलो कुरा हो, तर अनुगमन गरेर कोलोबजारी भयो भनेर आरोप लगाउनु नराम्रो हो । कुन पसरलले कालो बजारी गरेको छ ? भन्नुहोस् नाम र पसल नम्बर समेत दिनुहोस् उद्योग बाणिज्य संघ आफैे कारबाही गर्छ ।’

अध्यक्ष श्रेष्ठले उद्योग बाणिज्य संघमा छलफल हुँदा अहिलेको अवस्थामा यातायातका साधनले नै सामान ढुवानी गर्दा महंगो भाडा लिने भएकाले सामान्य अवस्थाको भन्दा अलिकति मूल्य बढेको र यसबारे अनुसन्धान गरि मूल्य बढ्नुका कारणबारे जिल्ला प्रशासन कार्यलय, भक्तपुरका स्थानीय तहमा समेत संघले जानकारी दिइसकेको बताए ।

यता सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि पाँच वर्ष कैद गर्ने निर्णय गरेको जनाएको छ । खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधिलगायतमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योगी, आयातकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई पाँच वर्षको कैद गर्ने निर्णय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो ।

मन्त्रालयले बजार अनुगमनका क्रममा कृत्रिम अभाव देखाएर बढी मूल्य लिएको पुष्टि भए त्यसमा संलग्न व्यवसायीलाई तत्कालै कानुन अनुसार हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९)को आडमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्दै आइरहेका छन् । विशेषगरी खाद्यान्न र खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरिएको छ । अत्यावश्यक वस्तुको अभाव नरहेको र आपूर्ति सहज गराउने भन्दै सरकारले अनुगमन र सतर्कतालाई तीब्रता दिएको छ ।