भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

काेराेना नियन्त्रणका नाममा सरकार भ्रष्टाचारमा केन्द्रित भएको कांग्रेसको आरोप

काेराेना नियन्त्रणका नाममा सरकार भ्रष्टाचारमा केन्द्रित भएको कांग्रेसको आरोप

१ असार २०७७ काठमाडाैं । जनतालाई राहत र जीवन रक्षाको दरिलो विश्वास दिलाउनु पर्ने सरकार अत्यावश्यक स्वास्थ्य सामग्री खरिददेखि कोभिड–१९ नियन्त्रणका नाममा भ्रष्टाचारमा केन्द्रित भएको कांग्रेसले आरोप लगाएको छ ।

कोरोनापछिको लकडाउन समयलाई सरकारले दुरुपयोग गरेको भन्दै नेपाली काँग्रेसले यस्ताे टिप्पणी गरेको हाे । सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको कोभिड–१९ अनुगमन समितिले कोरोना फैलन नदिनका गरिएको ८३ दिन देखिको लकडाउनको सरकारले उल्टै दुरुपयोग गरेको ठहर हो ।

कुनै ठोस कार्ययोजना र क्रियाशीलता विना सरकारले लकडाउन लम्ब्याएको भन्दै महतले सरकारले सत्ता संघर्षमा समय खेर फालेकाे जिकिर गरे ।

परीक्षणको दायरा र संख्या विस्तार गर्न सरकारलाई झक्झक्याए पनि अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न, पीसीआर परीक्षण गर्न, कोभिड–१९ का कारण विदेशमा अलपत्र नागरिकको समयमै उद्धार गर्न, क्वारेन्टाइन व्यवस्थापन गर्न र अर्थतन्त्रलाई जोगाउन चुकेको कांग्रेसको ठहर छ ।