भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

थप ४५१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६२११ पुग्याे (भिडियाेसहित)

थप ४५१ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६२११ पुग्याे (भिडियाेसहित)

१ असार २०७७ सोमबार, काठमाडौं । नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

४५१ जनामा संक्रमण देखिएको हो । आज थपिएका ४५१ सहित नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ ।

जसमध्ये पुरुष ९३७ र महिला १०४ जना छन् । कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ ।

हेर्नुहाेस भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/838559643335884/

कर्णालीमा थप ११० जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा आज थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा दैलेखका मात्र ९१ जना छन् ।

त्यस्तै सुर्खेतका १९ जना छन् । प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरेको परीक्षणमा १०७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको परीक्षणमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ थपिएका सङ्क्रमितहरू दुई वर्षका बालकदेखि ५४ वर्ष सम्मका पुरुषसम्म छन् ।

२१ देखि २३ वर्ष उमेर समूहका ५ जना महिला छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ पुगेको छ । अहिलेसम्म १५१ जना उपचारपछि निको भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.