भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

कोरोना संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले एक्सन लिने संकेत

कोरोना संक्रमणबाट मुलुकलाई जोगाउन सरकारले एक्सन लिने संकेत

काठमाडौं । नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोख्रेलले आज साँझ उच्चस्तरीय बैठक बोलाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मुलुकलाई थप सुरक्षित गर्ने निर्णय लिने गरी उपप्रधानमन्त्री पोख्रेलले उच्चस्तरीय बैठक बोलाएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मुलुकको पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका पोखरेलले छलफलमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट मुलुकलाई जोगाउने उपायमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिएको बताएका छन् ।

आज साँझ बस्ने उच्चस्तरीय बैठकले कोरोना संक्रमण रोकथाम र फैलन नदिन एक्सन लिन सक्ने सम्भावना रहेको उच्च श्रोतले दाबी गरेको छ । सरकारले मुलुकभरका शैक्षिक संस्थाको पठनपाठनमा रोक लगाएको छ ।

२५ जनाभन्दा बढीको भीड नगर्न, संक्रमित मुलुकहरुबाट हुने हवाई उडान रोक्ने समेतका निर्णय यस अघि नै गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.