२७ बैशाख २०७७ काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ नै वर्षका पुरुष रहेका छन् । यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा कोरोना संक्रमण फैलिदै गएपछि नागरिकले उच्च सतर्कता अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ । कोरोना नियन्त्रण गर्न लकडाउन एक मात्र विकल्प भएकाले सरकारको निर्णय कार्यान्वयन गर्न सबैमा अनुरोध गरेको हो ।