विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले राजीनामा दिएकी छन् । जसपाबाट कोशी प्रदेशको स्वास्थ्यमन्त्री बनेकी लिम्बुले विराटनगरमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् । मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन जसपाको बैठकले आग्रह गरेको थियो ।
पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको छ ।
