भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

क्वारेन्टिनमा खटिएका भान्सेको मृत्यु

क्वारेन्टिनमा खटिएका भान्सेको मृत्यु

१३ असार २०७७ बैतडी । बैतडीको एक क्वारेन्टाइनका भान्सेको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ६ का ५३ वर्षीय पुरुषको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरुलाई खाना पकाउने भान्सेको रुपमा उनी खटिएका थिए ।

शनिबार बिहान ११ बजे एक्कासि बिरामी भएर ढलेका ती व्यक्तिको उपचारको लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । २ महिनादेखि उनी क्वारेन्टाइनमा खाना बनाउने काममा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

खाना पकाउने व्यक्तिको मृत्यु भएपछि कोरोना परीक्षण गरिने जिल्ला अस्पताल बैतडी डाक्टर वशन्तराज जोशीले बताए । स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि धनगढी पठाइने जोशीको भनाई छ । बैतडीमा २०६ जनामा कोरोना पुष्टि भएको छ भने दशरथचन्द नगरपालिकामा ३० जना संक्रमित रहेका छन् ।