भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

एकैदिन ५५४ संक्रमित थपिए, नेपालमा संक्रमितकाे संख्या १२३०९ पुग्याे (भिडियाे)

एकैदिन ५५४ संक्रमित थपिए, नेपालमा संक्रमितकाे संख्या १२३०९ पुग्याे (भिडियाे)

१३ असार २०७७ काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ५५४ जनामा संक्रमण देखिएको हो । आज थपिएका ५५४ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या २८३४ पुगेको छ । कुल संक्रमित मध्ये २८ जनाको मृत्यु भएको छ भने देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/571387963545047/

कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु
चितवनस्थित भरतपुर अस्पतालमा कोरोना संक्रमित कैलालीको गोदावरी नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । ती पुरुष फोक्सोको क्यान्सरका बिरामी रहेको अस्पताले जनाएकाे छ । उपचारका लागि चितवन आएका उनकाे बिहीबार राती कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा मृत्यु भएको हो । उपचारकाे सिलसिलामा भारतबाट फर्किएका थिए । उनको स्वास्थ्यमा समस्यादेखिए पछि यही असार १० गते चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।

उपचारका क्रममा उनको स्वाब परीक्षण गर्दा भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो । चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषमा कोरोना पुष्टि भएपछि बिहीबार भरतपुर अस्पताल सारिएको थियो ।

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना
बाग्लुङ, स्याङजा र नवलपरासी पूर्वमा थप संक्रमण पुष्टि भएको छ । बाग्लुङका ८ जना, स्याङजाका २२ र नवलपरासी पूर्वका २ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको हो । संक्रमितमा ६ महिला र ३२ पुरुष छन् । स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा १२ महिनाको शिशुमा पनि संक्रमण देखिएको छ ।

नवलपरासीपूर्वका हुप्सेकोट गाउँपालिका र स्याङजाको वालिङ नगरपालिकाका संक्रमित आइसोलेसनमा बसिसकेको र अन्य निकायका व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाइएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ८ सय ३८ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.