भर्खरै : Sorry, your browser does not support inline SVG.

खोलाले ट्याक्टर बगाउँदा बाजुरामा चालक बेपत्ता

खोलाले ट्याक्टर बगाउँदा बाजुरामा चालक बेपत्ता

बाजुरा । बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन् । मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका–९ बाउली खोलले ट्याक्टर बगाउँदा ड्राइभर बेपत्ता भएका हुन ।

खोलाले बगाएको ट्याक्टर फेला परे पनि चालकको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । चालकको खोजी कार्यका लागि नेपाली सेनासहितको टोली खटिएको छ ।

राति ११ बजे तिकोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्बो ट्याक्टर ओलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चालक डुवनारायण चौधरी बेपत्ता भएको उनको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.