भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

गगनेको अभिव्यक्तिले राजनीति तरंगित हुँदैनः देउवा

गगनेको अभिव्यक्तिले राजनीति तरंगित हुँदैनः देउवा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिलाई सत्ता गठबन्धन भित्र तरंग पैदा भएको छ । सत्तासीन दलका नेताहरू अहिले आशंका व्यक्त गरिरहेका छन् । तर काँग्रेस सभापति शेरबहादुर देउवाले भने गगन थापाले दिएको अभिव्यक्तिले नेपाली राजनीति तरंगित नहुने बताएका छन् ।

उनको अभिव्यक्ति दिने कुरा कुनै नौलो र अनौठा नभएको तर्क देउवाको छ । ‘चित्त नबुझे गठबन्धन फेरिन्छ’ भन्ने कुराको पृष्ठभूमि बाँध्ने क्रममा शनिवार गगन थापले भनेका थिए, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने बदलिन्छ, नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन ।

बन्छ, भत्किन्छ ।’ यो अभिव्यक्तिलाई उहिलेको अभिव्यक्तिसंग दाँजेर नेताहरुले हेरिरहेका छन् । गगन तिनै नेता हुन् जसले एमाले–माओवादी गठबन्धन टुट्छ भनेर तिथिमिति नै सार्वजनिक गरेका थिए ।

संयोग नै मान्नुपर्छ, राजनीतिक घटनाक्रमले त्यस्तै मोड लियो । माओवादीले एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गर्न पुग्यो । अहिले पनि त्यस्तै त हुन लागेको होइन भनेर लक काट्न थालिएको छ ।

 


Thali Mobile Pvt.Ltd.