भक्तपुर । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ मा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुनिल गोठेले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्याल पुगेर पाँच दलिए गठबन्धनका उम्मेदवार गोठेले आइतबार उम्मेदवारी दर्ता गराएका हुन ।
प्रदेश सभाका लागि गठबन्धनबाट भक्तपुर क्षेत्र नं १ (क) मा नेपाली काँग्रेस सुरेश श्रेष्ठ र भक्तपुर क्षेत्र नं १(ख)मा पवन भुजुले उम्मेदवारी दर्ता गराएका हुन । भक्तपुर क्षेत्र नं १ मा राप्रपाका तर्फबाट भरत खड्का, भक्तपुर क्षेत्र नं १ (क) मा राजु कुँईकेल र राप्रपा नेपालका तर्फबाट भक्तपुर क्षेत्र नं १ मा माधव खत्री र भक्तपुर क्षेत्र नं १ क मा श्याम नेपालको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।