सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार

सेनाको हेलिकप्टरबाट घाइतेको  उद्धार

गोरखा । गोरखाको चुमनुब्रीमा पहिरोमा परेर घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सुर्खेत घर भएका ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको हो। केही दिनदेखिको अविरल वर्षाले गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पामा पहिरो झरेको थियो।

उक्त पहिरोमा परेर घाइते भएका उनलाई हेलिकप्टरबाट उद्धार गरि। काठमाडौं ल्याइएको हो। उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.