भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाईबाट फैलियो नयाँ रोग

गाईबाट फैलियो नयाँ रोग

६ साउन २०७७ । गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको पशुरोग चिकित्सकले बताएका छन् । कुन रोग हो भन्ने अहिले सम्म पहिचान हुन नसकेकोले सीमावर्ती इलाकाका गाईहरू थला पर्न थालेका छन् ।मोरङमा करिब एक दर्जन सोही रोगबाट गाई मरेका छन् ।

रोग लागेपछि गाईले दुध दिन छोड्ने गरेको पशुरोग चिकित्सकले बताएका छन् । गाईको शरीरभरि घाउ हुने, घाउ फुटेर तरल पदार्थ बगिरहेने, गाईलाई उठ्न र बस्न समेत गाह्रो हुने, गाई छट्पटाउँने, धेरै ज्वरो आउने, गाईको खुट्टा सुन्निने जस्ता लक्षण देखा पर्ने गरेको छ । झापा, मोरङ, सुनसरी तथा सप्तरी जिल्लामा यो रोग फैलिएको पशुपन्छी अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.