भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गाउँपालिकाको सेवा बन्द

गाउँपालिकाको सेवा बन्द

डोटी। जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । कम्प्युटर अपरेटर र वडा सचिवमा कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको हाे । गाउँपालिकाले आजबाट लागू हुने गरी एक हप्ताका लागि पालिकाबाट दिइँदै आएको सेवा बन्द गर्ने निर्णय गरेपछि सेवाग्राहीलाई समस्या भएको छ ।

नागरिकता प्रमाणपत्रका लागि दिइने सिफारिस, जन्मदर्तादेखि अन्य सेवा लिने सेवाग्राहीलाई निकै समस्या भएको स्थानीयले बताए । गाउँपालिकाले एक सूचना सार्वजनिक गर्दै आज सबै कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन हुने र त्यसको रिपोर्ट नआएसम्म सेवा बन्द हुने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.