भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

थप पाँच संक्रमितको मृत्यु

थप पाँच संक्रमितको मृत्यु

काठमाडौँ । सुनसरी, चितवन, बुटवल र काठमाडौँमा गरी थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया बालिका र ६१ वर्षीया वृद्धा छन् ।

बालिकालाई गत सोमबार कोरोना पुष्टि भएको थियो । मंगलबार उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएकी उनको २४ घण्टा बित्न नपाउँदै मृत्यु भएको हो । धरान उपमहानगरपालिका –१ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

चितवनमा पनि कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित ती महिलाको आज मृत्यु भएको हो ।

वुटवलमा पनि एक संक्रमित वृद्धको मृत्यु भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका ६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको पनि कोरोना संक्रमणले निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.