३१ बैशाख २०७७ गुल्मी । गुल्मीमा आवातजावतलाई ५ दिन पूर्ण प्रतिबन्ध लगाएउने भएको छ । प्रदेश अन्तर्गतका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालयले सिल गर्नुपरेको जनाएको छ ।
जेठ १ गते बिहान ६ बजेदेखि लागू हुने गरी जेठ ५ गते मध्यरातसम्म जिल्ला सिल गर्न गरिन लागेको हो । आवतजावत पूर्णरुपमा बन्द रहेको समयमा एम्बुलेन्स, शव बाहन, मृत्यु संस्कार, विद्युत्, संचार, खानेपानी औषधि र इन्धनका सवारी विर्नाध चल्न पाउने छन् । बिरामी भएको अवस्था बाहेक घरबाट बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।