भर्खरै : Sorry, your browser does not support inline SVG.

ग्वार्को फ्लाइओभरको के हुदैछ काम ?

ग्वार्को फ्लाइओभरको के हुदैछ काम ?

काठमाडौं । ग्वार्को फ्लाइओभरको अघिल्लो डिजाइनमा समस्या आएपछि निर्माण कम्पनीले नयाँ डिजाइन बनाएर सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विभागलाई बुझाएको छ । अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभरको रोकिएको उक्त कार्य अब सूचारु हुने अवस्थामा पुगेको छ ।

डिजाइनलाई केही फेरबदल गरेर साउन पहिलो साता कम्पनीले विभागमा बुझाएको गुणस्तर अनुसन्धान विभागका सिनियर डिभिजनल इन्जिनिर राकेश महर्जनले बताए । डिजाइन अनुसारको आवश्यक निर्माण सामग्री नेपालमा उपलब्ध नहुने भएपछि निर्माण कम्पनीले उक्त डिजाइनलाई फेरबदल गरेर विभागमा बुझाएको हो ।

सिनियर इन्जिनियर महर्जनले भने, “पहिलेको डिजाइन अनुसारको निर्माण सामग्री नेपालमा उपलब्ध नहुने भएपछि पहिलो डिजाइनको काम रोकिएको थियो । विभागको आग्रहपछि निर्माण कम्पनीले पुनः डिजाइन परिवर्तन गरेर बुझाएको छ । अहिले उक्त प्रस्ताव स्वीकृतिको क्रममा रहेको छ ।

रोकिएको ग्यार्को फ्लाईओभरको काम तीन हप्तापछि सुरु हुने सिनियस डिभिजनल इन्जिनियर महर्जनले बताए । कम्पनलीले नयाँ डिजाइन अनुसारको निर्माण सामग्री भारतबाट ल्याउन तीन हप्ता लाग्ने बताएकाले फ्लाइओभर निर्माणको काम तीन हप्ता पछि मात्र सुरु हुने भएको छ ।

फ्लाइओभर निर्माणपछि पाँच वर्षसम्म यसको मर्मत सम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने छ । यो फ्लाइओभर नेपालमै पहिलो पटक बन्न लागेको हो । पिलर प्रयोग नहुने भएकाले जहाँ स्लोप (भिरालो) पारेर उचाई (हाइट) बनाउने र ओभरहेड ब्रिज रहने छ । ग्वार्को चोकबाट पश्चिम १८५ मिटरको लामो स्लोप बनाइनेछ ।

त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने उल्लेख छ । यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ । यसरी कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो । स्लोपको चौडा १६ मिटर रहन्छ । ओभरपास चार लेनकै रहन्छ। बीचका लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहने छन् ।

चर्चामा रहेको ओभरपास २०७९ माघदेखि निर्माण सुरू गरिएको हो । निर्माण सुरू भएको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य छ । ओभरपास निर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने विश्वास छ । ग्वार्को चोकबाट वारपार गर्ने सवारीहरू ३५ मिटरको ओभरहेड मुनीबाट गुड्ने हुँदा जाम नहुने उल्लेख गरिएको छ । सडक विभागले २०७८ सालमा ओभरपास निर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो । १७ करोड ६८ लाख ८८ हजार ८०८ रूपियाँ लागतमा निर्माण हुन लागेको यो फ्लाइओभर निर्माणको जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ ।

 


Thali Mobile Pvt.Ltd.