भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

चुरेभावर क्षेत्रको चोर बाटो हुँदै रोडा ढुंगाको अवैध कारोवार

चुरेभावर क्षेत्रको चोर बाटो हुँदै रोडा ढुंगाको अवैध कारोवार

सिन्धुली । नेपाल भारत सिमा क्षेत्रबाट नदीजन्य रोडा ढुंगाहरु भारततर्फ चोरी निकासी भइरहेको छ । सिन्धुलीको कमलानदी आसपास र चुरे भावर क्षेत्रको सिन्धुली, सर्लाही र महोत्तरी जिल्लाको सिमा क्षेत्रबाट रोडा ढुंगाहरु भारततर्फ निकासी हनु थालेको हो ।

भारतीय क्षेत्रको भिठ्ठामोड, सुरसण्ड नाकाबाट भने भारतीय नम्बर प्लेटका ट्रक र ट्रिपरहरुमा ती ढुङगाहरु लोड भएर भारतीय सिमा क्षेत्रमा खुलेआम रुपमा बिक्री भएको खुलेको छ । यसरी जिल्लाहरुबाट अनियन्त्रित रुपमा ढुङगा गिट्टी, बालुवा भारत निकासी भएपछि स्थानीयस्तरमा सञ्चालित विकास निर्माणका योजना प्रभावित हुन थालेका छन् ।

राति र साँझको समयमा चुरेभावर क्षेत्रको चोर बाटो हुँदै रोडा ढुंगाको अवैध कारोवार गर्नेहरुले विकास निर्माणको कामका लागि भन्दै सर्लाही र महोत्तरीका सग्रामपुर, सम्सी हुँदै भारतीय सिमा क्षेत्रमा पु¥याउने गरेका हुन् ।

कमलानदी क्षेत्रका विभिन्न स्थानबाट ढुङगा संकलन गरेर ट्रिफर र ट्रयाक्टरमा लोड गरी महोतरीको रातुखोलाको कालापानी ,बर्दिबास क्षेत्रमा अनलोड गर्ने गरेका देखिएका छन् । त्यहाँबाट ठूला ट्रिपरहरुमा लोड गरेर महोत्तरीकै औरही, रामगोपालपुर हुँदै भारतीय सिमा क्षेत्र पु¥याउने गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.