भर्खरै : Sorry, your browser does not support inline SVG.

छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा कारबाही गर्ने काठमाण्डौ महानगरको चेतावनी

छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा कारबाही गर्ने काठमाण्डौ महानगरको चेतावनी

काठमाण्डौ । छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने काठमाडौं महानगरले जनाएको छ। काठमाण्डौ महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिक सत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले कुनै शुल्क तिर्न नपर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको शिक्षा विभागले गएको १ गते पत्र पठाइ कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी विद्यालयका सञ्चालकलाई बोलाइ कुनै छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिक यातना दिएमा कारबाही गर्ने चेतावनी दिएको छ । कोही कसैले यस्तो समस्या भोगे सम्पर्क गर्न पनि विभागले आग्रह गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले कुनै पनि शुल्क तिर्नु नपर्ने बताइरहँदा कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा ठाउँ अभाव कारण देखाएर भर्ना लिन आनाकानी गरेको गुनासो आइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.