भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

जंगली जनावरको चोरी शिकार बढ्यो

जंगली जनावरको चोरी शिकार बढ्यो

सर्लाही । सर्लाहीमा वन्यजन्तुको अवैध चोरी शिकार बढेको छ । पछिल्लो समय वन्यजन्तु वास स्थान र आहाराको खोजीमा जंगल आसपास रहेका बस्तीमा पस्न थालेपछि वन्यजन्तुको चोरी शिकार बढेको पाइएको हो । रातको समयमा जंगली जनावरले बालीनालीमा बढी नोक्सान पुर्‍याउने भएकाले शिकार खेल्न जाने स्थानीय समूह बढेको छ ।

सर्लाहीको सबै वनक्षेत्रमा डढेलो लागेपछि जंगली जनावर वास स्थान र आहाराको खोजीमा बस्तीमा पस्न थालेका छन् । वनक्षेत्रमा पर्ने जानकीनगर, शंकरपुर, सागरनाथ वन परियोजना, हजरिया, राजघाट, मुर्तिया घुर्कौली चुरेक्षेत्र लगायतको स्थानमा लोपोन्मुख प्रजातिका बँदेल, हरिण, नीलगाई, दुम्सी, मृगलगायत वन्यजन्तुको अवैध चोरी शिकार बढ्दै गइरहेको छ ।

विशेष गरी प्रत्येक दिनजसो बिहानीपख बन्दुक पड्केको आवाज आउने गरेको छ। बरहथवा, हरिपुर, बागमती, लालबन्दी, हरिवन, ईश्वरपुरको वनक्षेत्रमा अवैध हातहतियार, करेन्ट र जालको प्रयोग गरी जंगली जनावर चोरी शिकार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.