भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

जथाभावी मूल्यवृद्धि, सरकार मौन

जथाभावी मूल्यवृद्धि, सरकार मौन

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा चामलको भाऊ आकाशिएको छ । भारतले बासमतीबाहेक सबै प्रकारका चामल निर्यातमा प्रतिबन्ध लगाएको बहानामा पहिले नै आयात भइसकेको तथा स्वदेशमै उत्पादित चामलमा समेत व्यापारीले आफुखुशी भाउ बढाएका छन् ।

आम उपाभोक्ताको पहुँचमा रहेको सेतो प्रशोधित चामलको मुल्य एक महिनाको अन्तरालमै प्रतिबोरा तिन सयदेखि पाँच सय रुपैयाँसम्म बढेको छ । तर, उपभोक्ताले खाद्यन्नमा अचाक्ली बजार महंगीको मार खेपिरहँदा पनि सरकार वेमतलवी देखिन्छ ।

केही समय अघि भारतले विदेशी मुलुकमा चामल निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरे लगत्तै नेपाली बजारमा चामलको मूल्य प्रतिबोरामै ३ सयदेखि ५ सय रुपैयाँसम्म वद्धि भएको छ । भारतले चामल निर्यातमा रोक लगाउछ भन्ने हल्लाकै बिच नेपालमा कालो बजारी मौलायो ।

चामलमा कालो बजारीले सर्वसाधारण मारमा परेका छन् । कृषि विभागका अनुसार नेपालमा वार्षिक धान उत्पादन सरदरमा ५५ लाख मेट्रिक रहेको छ । नेपालमा वार्षिक ६६ लाख मेट्रिक धान खपत हुन्छ ।

यो तथ्यांकलाई आधार मान्दा पनि भारतले चामल निर्यातमा रोक लगाउने बित्तिकै नेपालमा मूल्य वृद्धी भइहाल्ने अवस्था नरहेको विज्ञहरु बताउँछन् । तर सरकारले महंगी नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा व्यापारीहरुले मनलाग्दी रुपमा चामलको मूल्य वृद्धी गरेका छन् ।

चामलको अभाव छैन, तर कालोबजारी छ । हाल नेपालमा व्यापारीसँग साढे २ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग १ लाख ८६ हजार ९ सय २७ मेट्रिक टन धान तथा चामल छ ।

सरकारी कम्पनी र निजी क्षेत्रसँग गरी ३ महिनालाई पुग्ने खाद्यान्न छ । तर, भारतले चामल निर्यातमा रोक लगाएको छ भन्दै अभाव देखाइएको छ । कालो बजारीले जनतालाई सास्ती छ ।श्यक देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.