भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी

काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा उपनिर्वाचनमा विजयी भएका छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मत अन्तरले पराजित गर्दै विजयी यादव विजयी भएका हुन ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादवले निकटतम् प्रतिद्वन्द्वी कुशवालाई हराउँदै यादवले २८ हजार ४ सय १५ मत ल्याएर विजयी भएका हुन । नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २ सय १६ मत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेका छन् ।

यसअघि बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएको हो । कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.