भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

जहाजमा समस्या आएपछि आकश्मिक अवतरण

जहाजमा समस्या आएपछि आकश्मिक अवतरण

काठमाडौं । जहाजमा समस्या देखिएपछि काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज बिच बाटोबाटै फर्किएको छ । शनिबार सिमराको आकाशबाट बुद्ध एयरको यु ४१३३ जहाजमा समस्या देखिएपछि पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो। विमानमा एक्कासि प्राविधक समस्या देखा परेपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

उक्त जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ भने जहाजमा ६२ जना यात्रु सवार थिए । जहाज स–कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको र जहाजमा प्राविधिक समस्या भएको यात्रुलाई जानकारी गराइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.