भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

जिम्मेवारीबाट नभाग्न सरकारलाई पूर्व प्रधानमन्त्री नेपालको आग्रह

जिम्मेवारीबाट नभाग्न सरकारलाई पूर्व प्रधानमन्त्री नेपालको आग्रह

९ बैशाख २०७७ काठमाडौं । सरकारलाई आफ्नो मूल जिम्मेवारीबाट भाग्‍न नहुने तर्क नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले सुझाव दिएका छन् । हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्‍न भएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले यस्तो अवस्थामा सरकार जिम्मेवारीका साथ अघि बढ्नु पर्ने बताएका छन् ।

सरकारले हतार हतार दुई अध्यादेश जारी गरेपछि उत्पन्‍न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्दै नेपालले राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक आयोग गठनसम्बन्धी दुई विधेयकबारे सोमबार नेकपा सचिवालयमा भएको छलफलका बारेमा एक वक्तव्य समेत जारी गरेका छन् ।

नेता नेपालले अहिलेको विषम परिस्थितिमा सरकार पार्टीले आफ्नो जिम्मेवारीबाट भागेर अन्यत्र ध्यान मोड्ने कोशिशमा नलाग्न पनि अपिल गरेका छन् । महामारीले विश्‍वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, पार्टीसहित अन्य दलका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणविरुद्ध लड्ने काममा केन्द्रित गर्न आग्रह गरेका छन् ।