भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम |

जुम्ला प्रहरीले आगजनीका घटनामा संलग्नलाई सार्वजननिक गर्‍यो

जुम्ला प्रहरीले आगजनीका घटनामा संलग्नलाई सार्वजननिक गर्‍यो

जुम्ला । जुम्ला प्रहरीले शृङ्खलाबद्ध आगजनीका घटनामा संलग्नलाई सार्वजननिक गरेको छ । साउन ५ र ६ गते तथा विभिन्न समयमा सात वटा घर, ट्रक्टर र अटो रिक्सामा आगजनी गर्नेलाई जुम्ला प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

नचिनेका व्यक्तिका समूहबाट जलेका भनिएका सात वटा घर रत्नबहादुर अधिकारीले जलाएको पुष्टि भएको हो । एकै समयमा जलेको ट्र्याक्टर, अटो रिक्सामा समेत उनले आगजनी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाको गुठीचौर गाउँपालिका–४ उखाडी घर भई चन्दननाथ नगरपालिका–२ भण्डारीवाडा बस्ने रत्नबहादुर अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको हो । रत्नबहादुरले आफू गरिब भएकाले कसैले पनि ऋण नदिएको, उधारो पनि नपत्याउने भएकाले यस्ता कार्य गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले नेपाली सेनामा केही समय जागिर खाएर छोडेका थिए । प्रहरीले उनलाई साउन ६ गते पक्राउ गरेको थियो । अधिकारीले साउन २ गते चन्दननाथका साउनेखर कामीको गाईभैँसी पाल्ने कच्ची गोठसमेत जलाएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.