भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

जुवाको खालबाट १३ जना पक्राउ, चार लाख भन्दा बढी नगद र १० बुक तास बरामद

जुवाको खालबाट १३ जना पक्राउ, चार लाख भन्दा बढी नगद र १० बुक तास बरामद

भक्तपुर । भक्तपुरको कौशलटारबाट चार लाख वढी नगदसहित १३ जुवाडे पक्राउ परेका छन् । आइतबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ३ स्थित होटलमा जुवा खेलिरहेको अवस्था प्रहरीले नगद सहित १३ जनालाई पक्राउ गरेको हो । रामेछाप सुनपाती गाँउपालिका वडा नं ५ घर भई हाल भक्तपुरको कौशलटारमा ओम होटल संचालन गरी बसेका ४० वर्षका प्रभु खड्काको होटलमा जुवा÷तास खेलिरहेको उनीहरुलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनााएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको १० जनाको प्रहरी टोलीले होटलमा छापा मार्दा दोस्रो तल्लाको कोठाभित्र तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको गरेको हो । उनीहरुको साथबाट नगद रु ४ लाख १७ हजार ४ सय २५ र १० बुक ताससहित प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

पक्राउ पर्नेहरुमा होटल संचालक रामेछाप जिल्ला सुनापाती गाउपालिका वडा नं ५ घर भई हाल भक्तपुरको कौशलटार बस्ने प्रभु खड्का, काभ्रेपलान्चोक जिल्ला पाँचखाल घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं १३ बस्ने राज कुमार लामा, काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका वडा नं ८ घर भई हाल काठमाण्डौ रानीबन बस्ने सरोज वाईबा रहेका छन् ।

यसैगरी मकवानपुर जिल्ला हेटौडा उप–महानगरपालिका १८ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने कृष्ण बहादुर मोक्तान, सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ४ घर भई हाल काठमाण्डौको चाबहिल बस्ने दिप बहादुर तामाङ, काभ्रेपलान्चोकको बनेपा बस्ने अर्जुन थापा, काठमाण्डौ तार्केश्वर नगरपालिका वडा नं ८ बालाजु बस्ने टिका बराल, औखलढुङ्गा घर भई हाल भक्तपुर नगरपालिका वडा नं २ व्यासी हेम बहादुर खत्री, काभ्रेपलान्चोकको बेथानचोक घर भई हाल काठमाण्डौं चक्रपथ बस्ने दावा लामा, सिन्धुली गोलन्चोर गाउपालिका वडा नं ६ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने खड्ग थापा रहेका छन् ।

यसैगरी भारत बड्गनिया घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ६ सूर्यविनायक बस्ने बर्ष महन्त चौधरी,सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ५ घर भई हाल भक्तपुर कौशलटार बस्ने जित बहादुर बि.क, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं ३ घर भई भक्तपुरको मध्यपुर ठिमी राधेराधे बस्ने सिताराम बाँनिया रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.