भक्तपुर । भक्तपुरको कौशलटारबाट चार लाख वढी नगदसहित १३ जुवाडे पक्राउ परेका छन् । आइतबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ३ स्थित होटलमा जुवा खेलिरहेको अवस्था प्रहरीले नगद सहित १३ जनालाई पक्राउ गरेको हो । रामेछाप सुनपाती गाँउपालिका वडा नं ५ घर भई हाल भक्तपुरको कौशलटारमा ओम होटल संचालन गरी बसेका ४० वर्षका प्रभु खड्काको होटलमा जुवा÷तास खेलिरहेको उनीहरुलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनााएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको १० जनाको प्रहरी टोलीले होटलमा छापा मार्दा दोस्रो तल्लाको कोठाभित्र तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको गरेको हो । उनीहरुको साथबाट नगद रु ४ लाख १७ हजार ४ सय २५ र १० बुक ताससहित प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।
पक्राउ पर्नेहरुमा होटल संचालक रामेछाप जिल्ला सुनापाती गाउपालिका वडा नं ५ घर भई हाल भक्तपुरको कौशलटार बस्ने प्रभु खड्का, काभ्रेपलान्चोक जिल्ला पाँचखाल घर भई हाल जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं १३ बस्ने राज कुमार लामा, काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका वडा नं ८ घर भई हाल काठमाण्डौ रानीबन बस्ने सरोज वाईबा रहेका छन् ।
यसैगरी मकवानपुर जिल्ला हेटौडा उप–महानगरपालिका १८ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं १ लोकन्थली बस्ने कृष्ण बहादुर मोक्तान, सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ४ घर भई हाल काठमाण्डौको चाबहिल बस्ने दिप बहादुर तामाङ, काभ्रेपलान्चोकको बनेपा बस्ने अर्जुन थापा, काठमाण्डौ तार्केश्वर नगरपालिका वडा नं ८ बालाजु बस्ने टिका बराल, औखलढुङ्गा घर भई हाल भक्तपुर नगरपालिका वडा नं २ व्यासी हेम बहादुर खत्री, काभ्रेपलान्चोकको बेथानचोक घर भई हाल काठमाण्डौं चक्रपथ बस्ने दावा लामा, सिन्धुली गोलन्चोर गाउपालिका वडा नं ६ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने खड्ग थापा रहेका छन् ।
यसैगरी भारत बड्गनिया घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ६ सूर्यविनायक बस्ने बर्ष महन्त चौधरी,सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ५ घर भई हाल भक्तपुर कौशलटार बस्ने जित बहादुर बि.क, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं ३ घर भई भक्तपुरको मध्यपुर ठिमी राधेराधे बस्ने सिताराम बाँनिया रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
