भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

टोखाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी

टोखाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी

काठमाडौँ । टोखा नगरपालिकाको न्यायिक समितिमा चार वर्षमा १४० उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजुरी बाटोको विवाद तथा जग्गाको सिमाना मिचिएकोलगायतका छन् । न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद तथा महिला हिंसासम्बन्धी उजुरी न्यायिक समितिमा पर्ने गरेको जानकारी दिनुभयो ।

यस्तै सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरिपाऊँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् । टोखामा आर्थिक वर्ष २०७४र०७५ मा ३१, आव २०७५र०७६ मा ३६, आव २०७६र०७७ मा ३९ र चालु आव २०७७र७८ मा ३४ उजुरी परेका छन् । चालु आवमा परेका ३४ उजुरीमध्ये १७ उजुरी फैसला भइसकेको नगरपालिकाले जनाएको छ ।

टोखाको न्यायिक समितिमा उपप्रमुख डङ्गोलको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ, दुर्गाप्रसाद अर्याल र सत्यनारायण डङ्गोल सदस्य रहनुभएको छ । सदस्य अर्याल र डङ्गोल कानूनी सल्लाहकारका रूपमा हुनुहुन्छ । नगरपालिकामा आउने उजुरी सबै लिखितरूपमै आउने गरेको उपप्रमुख डङ्गोलको भनाइ छ ।

नगरपालिकामा उजुरी आउने क्रम बढेपछि टोखाले प्रत्येक वडामा ‘मेलमिलाप केन्द्र’ स्थापना गर्ने भएको छ । टोखाको बुधबार सम्पन्न नवौँ नगरसभामा नगरप्रमुख प्रकाश अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलमिलाप केन्द्रमा आवश्यक जनशक्तिलाई तालिम प्रदान गर्ने कार्यक्रम अगाडि सार्नुभएको हो । विसं २०७४ पुस २७ मा स्थापना भएको टोखाको न्यायिक समितिमा मुद्दाको सुनुवाइका लागि प्रत्येक सोमबार इजलास बस्दै आएको छ ।

सोमबार बस्ने इजालसका लागि आइतबार उजुरीको अध्ययन गर्दै आएको टोखाले जनाएको छ । मुद्दाको आवश्यकता हेरेर इजलास बस्ने दिन पनि बढाइने गरेको उपप्रमुख डङ्गोलले बताए । नगरपालिकाले कार्यविधि ऐन, २०७५ अनुसार न्याय दिँदै आएको छ । टोखा नगरपालिकामा ११ वडा छन् ।

 


Thali Mobile Pvt.Ltd.