भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा प्रहरी जवानको मृत्यु, मोटरसाइकल पछाडि बसेका जवानको अवस्था गम्भीर

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा प्रहरी जवानको मृत्यु, मोटरसाइकल पछाडि बसेका जवानको अवस्था गम्भीर

काठमाडौं । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा कैलालीमा प्रहरी जवानको मृत्यु भएको छ । आइतबार साँझ ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गमा पर्ने गोदावरी नगरपालिका–३ को चौकीडाँडामा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । ताउडा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन् ।

कठायतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल पछाडि बसेका अर्का जवान हेमराज ताउडाको अवस्था गम्भीर रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.