भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

ठूलो गाउँमा आगलागी हुँदा ६० लाख बराबरको क्षति

ठूलो गाउँमा आगलागी हुँदा ६० लाख बराबरको क्षति

हुम्ला । सर्केघाड गाउँपालिका–७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ६० लाख ५५ हजार बराबरको क्षति भएको छ । स्थानीयवासी जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका छ वटा घर पूर्ण रुपमा र नौ वटा घर आंशिक रुपमा जलेर नष्ट भएका छन् ।

सर्केघाडस्थित सर्किदेउ प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले आगलागीबाट भएको क्षति विवरण सङ्कलन गरेका हुन । आगलागीबाट हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले आज बिहान साढे २ बजे आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट घरबारविहीन भएर छाक टार्न समस्या भएका पीडितलाई राहत सामग्री लिएर प्रदेश सरकारको टोली घटनास्थलमा जाने तयारी गरेको बताइएको छ ।

आगलागी पिडितलाई तत्कालका लागि तीन महिनालाई पुग्ने खाद्यान्न राहत दिन लागेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए । “पीडितलाई तत्काल कम्तीमा तीन महिनाको खाद्यान्न सामग्रीसहित राहत प्रदान गरिनेछ ।”

 


Thali Mobile Pvt.Ltd.