भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर, गुरु योजना बन्दै

ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर, गुरु योजना बन्दै

काठमाडौँ । मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताएका छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ठोरीमा आयोजित ठोरीको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भूमिका तथा सम्मान कार्यक्रममा उनले ठोरीलाई प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गुरु योजना बनाइरहेको जानकारी दिए ।

‘बजेट मात्र दिएर पर्यटकीय क्षेत्रका रूपमा विकास हुन सक्दैन, त्यसका लागि मास्टर प्लान महत्वपूर्ण कुरा हो’, उनले भने, ‘त्यसैले हामी ठोरीसहित प्रदेशभरिका पर्यटकीय क्षेत्रहरूको मास्टर प्लान बनाइरहेका छौँ, तपाईहरू ढुक्क हुनुस् हामी ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कुनै कसर बाँकी राख्दैनौँ ।’

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले विगतमा प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बजेट विनियोेजन गर्ने आवश्वास दिए पनि सरकारको नीति तथा कार्यक्रममा समावेश नगरिएको गुनासो गरे ।

‘मधेस प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न रु १० करोड बजेट दिने घोषणा गर्नुभयो, तर सरकारले न बजेट दियो न त नीति तथा कार्यक्रममै समावेश गरियो’, उनले भने, ‘सरकारले कम्तीमा पनि नीति तथा कार्यक्रममा समावेश गरिदिएको भए अरु ठाउँबाट पनि सहयोग आउन सक्थ्यो तर भएन, अहिलेको प्रदेश सरकारले केही गर्ला भन्ने आशा गरेका छौँ ।’

सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले ठोरी आउनेमध्ये अधिकांश पर्यटक भारतबाट आउने भए पनि खर्च गर्ने उचित वातारण नहँुदा समस्या भइरहेको बताए । उनले कुनै एक पक्ष वा एकल प्रयासबाट ठोरीको विकास सम्भव नभएकाले सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एमाले) ठोरीका नेता खगेन्द्र श्रेष्ठले ठोरीलाई पर्यटनसँग जोड्नका लागि उद्योग व्यवसायी सञ्चालनको वातारण बनाउन उद्योगी व्यवसायीसँग आग्रह गरे । कार्यक्रममा उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र वीरगञ्ज उद्योग वाणिज्य संङ्घका अध्यक्ष अग्रवाललगायत पदाधिकारीलाई सम्मान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.