रक्तिम दैलेखी / रामसुन्दर काठमाडाैं । तिब्बतमा उत्पति भएर नेपालमा बग्ने नदी हो भोटेकोशी । सप्तकोशी नदीको सहायक नदीका रुपमा रहेको यो नदी पहाडी खोंच हुदै बग्ने नदी हो । अति बहाव र विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै प्रशिद्द रहेको यो नदी बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अवस्थित छ । तर विशेषगरी यो नदी बन्जी जम्पका लागि प्रख्यात छ ।
उपत्यकाबाट करिब तीन घण्टामा सजिलै पुग्न सकिन्छ यहाँ । आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेको भोटेकोसी बन्जी जम्प । तिब्बत सिमानामा अवस्थित तातोपानीमा नुहाएर घुमेर एकै दिन काठमाडौँ फर्कन सकिने भएकाले पनि पर्यटकको रोजाइ बन्ने गरेको हो ।
दोलालघाट, बाह्रबीसे हुँदै भोटेकासी बन्जी जम्प पुग्न सहज भएकाले भोटेकोसीमा बन्जी जम्प गर्न यतिबेला भ्याइनभ्याइ छ । बन्जीका लागि सम्पूर्ण व्यवस्था मिलाएको द लास्ट रिसोर्टले २०५८ सालमा झोलुङ्गे पुलको निर्माण गरेर यसको सुरुवात गरेको हो ।
करिब ४८ लाखमा निर्माण गरी यही पुलबाट बन्जी जम्पिङलाई नेपाल प्रवेश गराएको हो । बन्जीले सहासिक पर्यटनलाई प्रमोट मात्रै गरेन, यहाँका स्थानीय बासिन्दाको जीवनस्तर उकास्न मद्दत गरेको छ । एक सय ६० मिटर तल बगिरहेको भोटेकोसीमा एक सय मिटरसम्म बन्जी जम्प गराउँदै पर्यटकलाई आनन्द दिन्छ ।
सहासिक खेल बन्जी:
हो ‘बन्जी जम्प’ भन्नेबित्तिकै आङ सिरिङ नहुने सायदै होलान् । सामान्य सहास गर्ने मान्छेका लागि बन्जी गर्ने हिम्मत हुदैन । हिक्मत जुटाउन जो कोहीले सक्दैन पनि । यसका लागि सहास चाहिन्छ । सहास निकाल्न निरोगी हुनु पर्छ । निरोगी हुन सोच र वातावरण चाहिन्छ । सोच्छ वातावरण र हिक्मतका लागि हिमाल, पहाड, खोच, खोलानाला चढ्नु पर्छ ।
जहाँबाट सहास प्राप्त हुन्छ । त्यसले सफलतामा पु¥याउँछ । सफलता प्राप्त हुनु भनेको गन्तब्यमा पुग्नु हो । गन्तब्यमा पुग्नु भनेकै जीवन जीउन सिकाउनु हो । सायद धेरैले युट्युबमा बन्जीको भिडियो हेरेर आफू पनि बन्जी गर्ने आँट र सहास जुटाउँछन् । तर त्यसो होइन, साँच्चिकै बन्जी गर्न भित्रैदेखि सहास चाहिन्छ । यसका लागि प्रि प्लान बनाउन जरुरी छ ।
तर, जव बन्जी जम्प गर्ने ठाउँमा पुगिन्छ नि, अनि एकछिन अलमलिन्छ । भीर र खोच देख्दा बन्जी गर्नेबेलामा एक छिन त शुन्यतामा पुगिन्छ । अन्धकारमा दगुर्दै सहास बटुल्छि । अनि बन्जी जम्प गरिन्छ । जब बन्जी गरेर तल पुगिन्छ र फर्किएर आएपछि अनुभव साटासाट गर्न हतार हुन्छ । यही हतार मध्यका एक हुन् जे पाक्छ, त्यहि बिक्छ अभियान र कैलाश खवरका सदस्य ।
मंसिर अन्त्यतीर यो अभियानको यात्रा भोटेकोशी तर्फ भयो । जहाँ पुगेपछि बन्जी गर्ने आँट पलायो । पचास वर्षको उमेरमा बन्जी जम्प गरेर देखाउने आँट आएपनि साच्चिकै सोच्ने हो भने कल्पना वाहिरको कुरा थियो भनेर सुनाए राम सुन्दर बकेले । उमेरले ५० काटेपनि बन्जी गरेरै छाड्ने उनको सहासलाई सलाम भन्नै पर्छ ।
आफू मात्रै नभएर छोरी अनु बकेलाई समेत बन्जी गर्ने सहास भरे । त्यो दिन उनले मात्रै होइन, छोरीले समेत बन्जी जम्प गरिन् । बन्जी गर्दा एकदमै खुसी भएको अनुभुति सुनाए । बन्जी गर्ने चाहना पूरा भएपनि उनको खुसीको सिमा नै रहेन । बन्जी जम्पको विषयमा धेरै सुनेकी र आज प्रत्यक्ष बन्जी गर्ने योजना अनुसार सफल भएको उनको भनाइ छ ।
कतीपय परिवारले सुरक्षाको कारण देखाउँदै बन्जी गर्न नदिएका कुरा सुनाउदै आफ्नो परिवारबाट रोकावट नभएको कुरा सुनाइन् । बन्जी गरेपछि खुसी साँट्दै उनले भोटेकोशी बन्जी सुरक्षित भएको बताइन् । बन्जी गर्न सजिलो नभए पनि सबैले गरेको देख्दा सामान्य लागि सकेको सुनाइन् । तर, कमजोर मुटु भएकाले बन्जी गर्न नस्कने उनको अनुभव छ । डरसँगै बन्जीले स्मरणीय क्षण दिन्छ ।
बन्जी प्लेटबाट झरेको याद नभए पनि दोस्रो पटक झट्काउदा मात्रै थाहा पाएको बताइन् । बन्जीका लागि तयारी गर्दै गर्दा जो कोहिको अनुहारमा खुसीसँगै डर छर्लगै देखिन्छ । बन्जी गर्दा आफू मानसिक र शारीरिक रूपमा तयार हुनुपर्छ । यसपछि आँट चाहिन्छ जव आँट र सहासको मिलन हुन्छ अनि नयाँ कीर्तिमानी गरेझैं लाग्छ । उसो त बन्जीमा प्राविधिक पक्षलाई विशेष जोड दिएको हुन्छ ।
प्रत्येक दिन बन्जीमा प्रयोग भएका विभिन्न टेक्निकल सामानहरूको परीक्षण गरेर मात्रै बन्जीका लागि तयारी गरिन्छ । त्यसमा पनि बन्जी मास्टर सुजन महर्जनको १० वर्ष अनुभवले बन्जी ‘सेल्फ मोटिभेसन’ हुने अवसर मिल्छ । बन्जी जम्प पहिला ब्रिफिङ क्लासमा बन्जी के हो ? बन्जी गर्ने व्यक्तिहरूको स्वास्थ्यको अवस्था र समस्यासँगै समाधानको उपायहरू अपनाउँन सिकाइन्छ । बन्जी गर्दा फरक फरक तौल अनुसारको डोरी प्रयोग हुन्छ ।
फूल बडी हार्नेस र एङकल हार्नेसको तीन पटक परीक्षण गरिन्छ । फूल बडी हार्नेसले शरीरको पूरै सुरक्षा दिन्छ भने एङकल हार्नेसले अपसाइड डाउन उनका लागि प्रयोग गरिन्छ । बन्जीमा प्रयोग भएका रबर, डोरी, विइन्स्, फूल साइड बाटो, मेसिन परीक्षण सहित बन्जी मास्टरले बन्जी गरेर मात्रै अरुलाई बन्जीका लागि तयार गरिने गरेको द लास्ट रिसोर्टले बतायो । कुनै टेक्निकल समस्या आए बन्जी क्रु र मास्टर प्रि प्लानमा बस्ने गरेको रिर्सोटले जनाएको छ ।
डरसँग जीत्नका लागि सेल्फ मोटिभेसनका रुपमा बन्जीलाई लिइन्छ । जस्ले डरलाई जित्न सेल्फ मोटिभेसन गर्न सक्दैनन् उनीहरु बन्जी नगरेरै पनि कोही कोही फर्किएका उदाहरण पनि छन् । जस्ले पूर्ण आत्मविश्वास लिएको हुन्छ, उस्ले बन्जी गरेर आफ्नो ड्रिम पुरा गर्छन् । लास्ट रिर्सोटले सञ्चालन गरेको भोटेकाशी बन्जीमा दुई जना बन्जी मास्टर छन् भने अन्य बन्जी क्रुहरू रहेका छन् ।
स्वदेशी तथा विदेशी बन्जी विज्ञहरूले विभिन्न श्रेणीमा तालिम दिदै बन्जी मास्टरलाई अझ परिपक्क बनाउने गरिएको रिर्सोटले बतायो । त्यतिमात्र होइन, विभिन्न देशमा बन्जी तालिमका लागिसमेत पठाउने गरेको सञ्चालकले बताए । सन् २००५ बाट व्यवसायिक रूपमा सञ्चालन भएको भोटेकोशिमा बन्जी जम्प गर्न सुरुवाती चरणमा विदेशीहरू आउने गरेको र अहिले विदेशी भन्दा स्वदेशी बन्जी गर्न आउने गरेको रिर्सोटले राखेको तथ्याङ्कमा देख्छ सकिन्छ ।
करिव डेड वर्ष भूकम्प र पछि २ वर्ष कोरोनाले डिस्टर्ब गरेको बन्जीलाई अहिले पूर्णरूपमा आन्तरिक पर्यटकले धानिरहेको जानकारी पाइयो । द लास्ट रिसोर्टको पछिल्लो तथ्याङकले करिब ७० प्रतिशतबढी नेपाली पर्यटकले बन्जी जम्प गरेका छन् । इजरायली सेनाहरुले युद्ध अभ्यासका लागि सुरु गरेको बन्जी जम्प पछि पर्यटनका रुपमा प्रयोग गरिएको पाइन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्…
विश्वमा साहसिक खेलका लागि प्रसिद्ध बन्जी जम्प नेपाल सहजै मानिएको छ । सायद त्यहि भएर पनि होला सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित भोटेकोशी नदीमा रहेको बन्जी जम्प साहसिक पर्यटन खेलमा अग्र स्थानमा छ । यहाँ सन १९९० मा न्युजिल्यान्डका डेविड एलडाइसले बन्जी जम्पसुरु गरेका हुन् ।
भोटेकोशी याफ्टिङका प्रमुख गाइडका रुपमा रहेका डेविडले नेपालमा केही नयाँ गरेर देखाउने उदेश्य लिएर भोटेकोशी बन्जीलाई अघि सारेका थिए । यसपछि सन् १९९८ मा पहिलो बन्जी जम्प उनै डेविडले गरेर उद्घाटन गरेका थिए ।
कसरी पुग्ने बन्जी गर्न:
राजधानी काठमाडौंबाट करीब चार घण्टाको यातायात यात्रा तय गरेपछि भोटेकोशी पुगिन्छ । तिब्बतसंगको सिमाना क्षेत्रमा पर्ने यो ठाउँ अग्लो बन्जीमध्ये एक हो । प्राकृतिक वातावरणमा अति आनन्दित पार्ने भएकोले पनि विश्ककै उत्कृष्ट बन्जी मध्येको पनि एक हो । हुनत, अग्लो स्थानबाट तल हेर्दामात्रै पनि जो कोहीलाई डर लाग्छ । दुवैतिर ठूला ठूला पहाड र बीचमा सललल बगिरहेको भोटेकोशी नदी ।
१६० मिटर गहिरो खोँच हेर्दा नडराउँने सायदै होलान् । लामो झोलुंगे पुलबाट तल हेर्दा नदी कहाँनेर बगिरहेको छ भनेर देखिदैन । डोरीले बाँधिएको मानिस भयङ्कर अग्लो ठाउँबाट हाम फाल्दा आङसिरिंग मात्रै होइन, मृत्युसंग जितेर पुनःजन्म भएको आभाष हुन्छ । बन्जी गर्ने रहर जो कोहीलाई हुन्छ तर, यसको लागि मुटु दह्रो चाहिन्छ ।
हुन त डरमा नै बन्जीको मजा हुने रहेछ । कसै कसैले बन्जी गर्दा म डराइनँ भन्छ भने त्यो अवश्यै झूट बोलिरहेको छ भनेर बुझ्दा हुन्छ । जब बन्जी गर्ने पालो आउँछ तब डर र उत्साह मिश्रित महशुस हुन थालिहाल्छ । काउण्ट डाउन थ्री, टु, वान, बन्जी…भन्दा प्ल्याटफर्म छोडिसकेको हुन्छन् । १६० मिटर उचाइबाट हावाको बेगलाई स्पर्स गर्दै डरलाई डरसँगै मित्तेरी लगाएर हामफालेपछि एकैछिन त केही देखिदैन ।
३ सेकेण्ड… फ्रिफल हुँदाको क्षण लाई शब्दमा वर्णन गर्न सकिँदैन । डोरीमा झुन्डिरहँदा भोटेकोशीमा खसँे भन्ने लाग्छ । टाउको तल खुट्टामाथिको पोजिसनलाई चेन्ज गरेर पिङ खेल्दा भने बल्ल हातमा भएको गो प्रो खेलाउने सहास आउँछ । अनि अत्याधिक डर र अत्याधिक आनन्द एकैपल्ट महशुस गर्न सकिन्छ ।
बोली नै ननिस्किएको अवस्थामा बन्जी मास्टरले डोरी विस्तारै माथिमाथि तान्दै गर्दा ‘यू डिड नाइस जम्प’ भन्दै प्रशंसा गरेर धाप मार्दा साच्चिकै आफूले युद्ध जितेर आएजस्तो अनुभव हुन्छ । त्यसैले त भन्ने मन लाग्छ डरसँगको युद्ध जितेँ ।
तस्वीरमा…
