भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक

कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक

काठमाडौँ । लगातारको वर्षाका कारण देशका प्रमुख राजमार्ग तथा ग्रामीण सडक प्रभावित हुन थालेका छन्। वर्षासँगै पहिरो खस्ने र सडक अवरुद्ध हुने जोखिम बढेपछि विभिन्न जिल्लामा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाउन थालिएको छ।

काठमाडौँ प्रवेश गर्ने प्रमुख मार्गमध्ये एक कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ। यस्तै, पृथ्वी राजमार्ग र बीपी राजमार्गमा समेत रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ।

अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

त्यसैगरी बीपी राजमार्गको काभ्रे खण्डमा बिहीबारदेखि चार दिन रातिको समयमा यातायात सञ्चालन गर्न नदिइने भएको छ। मनसुन प्रतिकार्य कमान्ड पोस्ट काभ्रेको निर्णयअनुसार असोज ८ गतेदेखि असोज १२ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो।

लगातारको वर्षासँगै सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा निरन्तर पहिरो खसिरहेको छ। पहिरोका कारण सडकमा आवागमन प्रभावित हुने जोखिम बढेको छ।

पूर्वी नेपालमा पनि सडक सुरक्षालाई ध्यान दिँदै मेची राजमार्ग र मेची करिडोरमा रातिको समयमा यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको छ। आज बेलुका ७ बजेदेखि असोज ११ गते बिहान ५ बजेसम्म उक्त सडक खण्डमा रातिको आवागमन बन्द गरिएको हो।

झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने यी सडक खण्ड जीर्ण तथा जोखिमपूर्ण अवस्थामा रहेकाले सम्भावित दुर्घटना र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय इलामले अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

वर्षा निरन्तर भइरहेकाले सडकको अवस्था हेरेर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र सुरक्षा निर्देशन पालना गर्न प्रशासनले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.