भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

डेंङ्गूविरुद्ध र्‍याली निकाल्दै, सजग रहन भनपा वडा नं ८ को आग्रह

डेंङ्गूविरुद्ध र्‍याली निकाल्दै, सजग रहन भनपा वडा नं ८ को आग्रह

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ ले डेंङ्गूविरुद्ध सचेतना र्‍याली प्रदर्शन गरेको छ । भनपा वडा नं ८ को आयोजनामा शनिबार उक्त र्‍याली निकालिएको हो ।

माइकिंग, पर्चा वितरण तथा बाजागाजाका साथ वडामा कार्यालय लिवाली भक्तपुरबाट सुरु भएको र्‍यालीले वडाका विभिन्न भागमा परिक्रमा गर्दै र्‍यालीले डेंङ्गूविरुद्ध सचेत रहन आह्वान गरेको थियो ।

डेंगु के हो ?
भाईरसद्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो। यो भाइरस ४ प्रकारका हुन्छन्। डेंगु भाइरस १, २, ३ र ४ । एक खालको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ, अर्थात् एकपटकको संक्रमणपछि लाइफ लंग इम्युनिटि हुन्छ।

तर अन्य प्रकारका डेंगु भाइरसको संक्रमणबाट भने केहि समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ।

 


Thali Mobile Pvt.Ltd.