भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

डेंङ्गूविरुद्ध र्‍याली निकाल्दै, सजग रहन भनपा वडा नं ८ को आग्रह

डेंङ्गूविरुद्ध र्‍याली निकाल्दै, सजग रहन भनपा वडा नं ८ को आग्रह

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ ले डेंङ्गूविरुद्ध सचेतना र्‍याली प्रदर्शन गरेको छ । भनपा वडा नं ८ को आयोजनामा शनिबार उक्त र्‍याली निकालिएको हो ।

माइकिंग, पर्चा वितरण तथा बाजागाजाका साथ वडामा कार्यालय लिवाली भक्तपुरबाट सुरु भएको र्‍यालीले वडाका विभिन्न भागमा परिक्रमा गर्दै र्‍यालीले डेंङ्गूविरुद्ध सचेत रहन आह्वान गरेको थियो ।

डेंगु के हो ?
भाईरसद्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो। यो भाइरस ४ प्रकारका हुन्छन्। डेंगु भाइरस १, २, ३ र ४ । एक खालको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ, अर्थात् एकपटकको संक्रमणपछि लाइफ लंग इम्युनिटि हुन्छ।

तर अन्य प्रकारका डेंगु भाइरसको संक्रमणबाट भने केहि समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ।

 


Thali Mobile Pvt.Ltd.