भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

तनहुँमा सम्बन्ध विच्छेदका ९ सय ३७ मुद्दा दर्ता

तनहुँमा सम्बन्ध विच्छेदका ९ सय ३७ मुद्दा दर्ता

तनहुँ । तनहुँ जिल्लामा सम्बन्ध विच्छेदका ९ सय ३७ मुद्दा दर्ता भएका छन् । अन्य मुद्दा भन्दा तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता बढी देखिएको हो । दर्ता भएका कुल मुद्दा मध्ये ३७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका मात्रै रहेको अदाललते जनाएको छ । आर्थिक वर्ष ०७८ र ०७९ मा तनहुँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ९ सय ३७ मुद्दा दर्ता भएका छन भने सम्बन्ध विच्छेदका ९ सय ३७ मुद्दा मध्ये अदालतले सोही वर्ष ६ सय ८६ सम्बन्ध लविच्छेदका मुद्दा फर्छ्योट गरेको जनाएको छ ।

अदालतले २ सय ५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालू आर्थिक वर्ष ०७९ र ०८० मा जिम्मेवारी सरेको जनाइएको छ । बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी र अशिक्षा जस्ता कारणले पनि सम्बन्ध विच्छेदका मुद्दा बढेको र कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान(श्रीमतीचको सम्बन्ध बिग्रेका कारणले अदालतमा सम्बन्ध विच्छदेका मुद्दा बढी आउने गरेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.