भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ।विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर भौतिक संरचना निर्माणको काम गरिएको थियो।

मंगलबार विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिक–वेको निर्माण सम्पन्न भएको छ।

समानान्तर ट्याक्सी–वे निर्माणको काम भने जारी छ। नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी–वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको पूर्वतर्फको ह्यांगर एप्रोन लगायत विस्तारको काम गरिरहेको हो।

यी काम पूरा गर्न करिब १५ अर्ब रूपैयाँ खर्च हुने आयोजनाले जनाएको छ। हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताए।रातिको समयमा गर्नुपर्ने विमानस्थलको भौतिक संरचनाको काम करिब सकिए पनि आयोजनाको सम्पूर्ण काम सक्न करिब डेढ वर्ष लाग्ने आयोजनाले जनाएको छ।रासस

 


Thali Mobile Pvt.Ltd.