थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाका कारण एकको मृत्यु

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाका कारण एकको मृत्यु

काठमाण्डौ । ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै थप एक जनाको मृत्यु भएको छ । एक हजार १ हजार ४८ जनाको नमूना परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

५० जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन सय ८३ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.