भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

दक्षिण एसियाली राष्ट्रमा अन्तरव्यवस्थापिका संघ बनाउन खोजेका छौंः अध्यक्ष तिमिल्सिना

दक्षिण एसियाली राष्ट्रमा अन्तरव्यवस्थापिका संघ बनाउन खोजेका छौंः अध्यक्ष तिमिल्सिना

काठमाडौँ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीबीच भेटवार्ता भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले कमनवेल्थ राष्ट्रमा जस्तै दक्षिण एसियाली मुलुकका व्यवस्थापिका संसद्हरूको अन्तरव्यवस्थापिका सङ्घ बनाउने प्रयास भइरहेको बताए ।

उनले यस्तो सङ्घ बनाउन दक्षिण एसियाली राष्ट्रहरूको सहयोग सङ्गठन सार्क क्रियाशील बन्न नसक्दा कठिनाइ भइरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद् दक्षिण पूर्वी एसियाली मुलुकहरूको अन्तरव्यवस्थापिका सङ्घ आइकाओको पर्यवेक्षक सदस्य बनेको चर्चा गर्दै कमनवेल्थ राष्ट्रको अन्तरव्यवस्थापिका सभामा पनि पर्यवेक्षक सदस्य बनेर काम गर्न इच्छुक रहेको बताए ।

उनले यस्ता अन्तरव्यवस्थापिका सङ्घमा आबद्ध हुँदा ती देशका व्यवस्थापिका सञ्चालनसम्बन्धी अनुभव आदानप्रदान हुने तथा त्यसले सङ्घमा आबद्ध देशहरूका बीचमा आपसी सहकार्यलाई समेत बढाउने विश्वास व्यक्त गरे । अर्को प्रसङ्गमा भौगोलिकरूपमा सानो भए पनि देश जातीय, भाषिक, सांस्कृतिक मात्रै नभई जैविक विविधता भएको देश भएको बताउँदै कमनवेल्थमा आबद्ध देशहरूका पर्यटकहरूलाई नेपाल स्वागत गर्न आतुर रहेको पनि उल्लेख गरे ।

सो भेटमा स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूको अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीले अन्तरव्यवस्थापिका सभाको काम अत्यन्त प्रभावकारी भएको चर्चा गर्दै आतङ्कवादको विरुद्ध तथा युवा सशक्तीकरण र पर्यटनको विकासका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको जानकारी गराएका थिए । अध्यक्ष तिमिल्सिनासँग आजै सेन्ट पिर्टसबर्ग सिटीको व्यस्थापकीय सभाका अध्यक्ष अलेक्जेन्डर ब्लेस्कीले पनि शिष्टचार भेट गरेको उनको सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.