दैलेख । दैलेख जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका वडा न ६ पानिसा वस्तिका ५६ घरपरीवारलाई दक्षिण कोरियाबाट खाद्यान्न सहयोग गरिएको छ । विगत लामो समयदेखि रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बस्ने चामुण्डाबिन्द्रासैनी नगरपालिका ६ लैनचौर निवासी प्रबिण कुमार शाही नेतृत्वको खाधान्न सहयोग अभियानले ५६ घरपरिवा दलित समूदायलाई खाद्यान्न सहयोग गरिएको हो । कोरोना भाइरस (कोभिड १९) को विश्व महामारीले आक्रान्त बनाइरहको वेला नेपालमा पनि यसको प्रभाव नराम्रोसंग परिरहेको छ ।
कोरोनामा महामारि नियन्त्रण गर्न गरिएका विभिन्न अभ्यासहरु मध्य निषेधाज्ञाका कारण आफ्नो जीवन चलाउन दैनिक मजदुरी गरि जिविकोपार्जन गरिरहका घरपरिवार मर्कामा परेको र उनीहरुको हातमुख जोड्ने अवस्थामै नरहेको अवस्थामा आफुहरुले केही राहत होस भन्ने हिसावले खाद्यान्न सहयो गरेको समाजसेवी प्रविण कुमार शाहीले जानकारी दिए । उनले साँझ विहानको छाक टार्न जोहो गर्न अप्ठेरो परिरहेका मानिसहरुलाई सहयोग गर्न पाउँदा आफुलाई खुशीलागेको बताए ।
शाही लगायत दक्षिण कोरियामा बस्ने दैलेख जिल्ला जिल्लाबासी र जिल्ला बाहिरका मनकारीहरुको सहयोगमा ८६ हजारको खाधान्न सहयोग गरिएको जनाइएको छ। १४ सय ७० केजी चामल, १०० पोका नुन, १२७ पोका खाने तेल र आवश्यक मात्रामा दाल सहित बिपन्न दलित परिवारलाई विहिबार लैनचौर बजारमा कार्यक्रम गरि वितरण गरिएको शाही जानकारी दिए ।महारी र भोकमरीको समयमा खाद्यान्न सहयोग पाएपछि विपन्न दलित समुदायका मानिसहरुले खुशि व्यक्त गरेका थिए ।
उनीहरुले यो महामारीको समयमा टाढा सात समुन्द्र पारिबाट सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिए । महामारीमा खाधान्न सहयोग गरि आफुहरुलाई ठूलो गुन लगाएको भन्दै उनीहरुले सहयोगी दक्षिण कोरियामा रहेका सबैलाई आभार प्रकट गरे । शाहीले कोरियामा रहेर दैलेखमा भएका थुप्रै आपत विपतमा सहयोग गरिसक्नु भएको छ।
