भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

दमौली–पोखरा खण्डको अवरोध हटेपछि यात्रुलाई सहज

दमौली–पोखरा खण्डको अवरोध हटेपछि यात्रुलाई सहज

तनहुँ । दमौली–पोखरा खण्डको अवरोध हटेको छ । पृथ्वी राजमार्ग अन्तरगत उक्त सडक खण्डमा खसेको पहिरो चार घण्टा लगाएर पन्छाएपछि सडक खुलेको हो । विपद् व्यवस्थापन प्रहरी जनशक्ति टोली, स्थानीय पालिका र चाइनिज कम्पनीसँगको आवश्यक सहकार्यमा जेसिबीको माध्यमबाट उक्त पहिरो हटाएर बिहान १०ः ४० बजेबाट एकतर्फ सडक सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सडक खुलेपछि यात्रुहरू आ–आफ्नो गन्तव्यमा लागेका छन् । आइतबार बिहान ४ः४० बजे तनहुँको म्याग्दे गाउँपालिका – ६ तुरतुरे मौरी बजारस्थित पृथ्वी राजमार्गमा माथिबाट सुख्खा पहिरो खस्न जाँदा अवरुद्ध भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.