दुई जनाको मृत्यु

दुई जनाको मृत्यु

तनहुँ । ट्रक र मोटरसाइकल ठोक्किँदा तनहुँमा दुई जनाको ज्यान गएको छ । दमौली डुम्रे सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको हो ।

मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल मगर र २१ वर्षीय विकास विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । लु १ ख ९८३२ नम्बरको ट्रक र ग १८ प ९२२५ नम्बरको मोटरसाइकल बन्दिपुर गाउँपालिका–१ बेलभ्ञ्याङमा ठोक्किएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.